महिलाको स्वास्थ्य सुधारमा जोड

काठमाडौँ, २० पुस । समुदायमा आधारित स्वास्थ्य प्रवद्र्धन कार्यक्रमले महिलाको स्वास्थ्य सुधारमा उल्लेखनीय प्रगति गरेको एक अध्ययनले पुष्टि गरेको छ ।

बेलायतस्थित लिबरपुल जोन मुर विश्वविद्यालय र ग्रीनतारा ट्रष्टले संयुक्तरुपमा गरेको अध्ययनले गर्भवती महिला, सुत्केरीपछिको अवस्था, नवजात शिशु स्याहार तथा शिशुको स्वास्थ्य सुधारमा प्रगति भएको पुष्टि गरेको हो ।

ती दुई संस्थाले आज सार्वजनिक गरेको प्रतिवेदनमा नेपालले सन् १९९० पछि स्वास्थ्य क्षेत्रमा लिएको नीतिले प्रजनन् स्वास्थ्य र मातृशिशुका क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याएको जनाइएकोे छ ।

काठमाडौँको दक्षिणकाली र छैमले तथा नवलपरासी जिल्लामा नमुनाका रुपमा सञ्चालित स्वास्थ्य प्रवद्र्धन कार्यक्रमले स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउने तथा नवजात शिशु स्याहारमा उल्लेखनीय सुधार भेटिएको लिबरपुल जोन मुर विश्वविद्यालयका जनस्वास्थ्य सङ्काय डिन प्रा डा पद्म सिंखडाले जानकारी दिए ।

उनले भने “स्वास्थ्यसम्बन्धी नीति प्रभावकारी रुपमा कार्यान्वयन हुने हो भने ग्रामीण विपन्न जनताको स्वास्थ्यमा सुधार ल्याउन लामो समय लाग्दैन ।”

हालसम्म बनेका स्वास्थ्य नीति, विश्वविद्यालय र प्राविधिक शिक्षाका विभिन्न तहका स्वास्थ्यसम्बन्धी पाठ्यक्रम समेत अध्ययन गरी अब बन्ने स्वास्थ्य नीति र पाठ्यक्रममा स्वास्थ्य सुधारका बारेमा प्राथमिकता दिन समेत प्रतिवेदनले सुझाव दिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “महिलाको स्वास्थ्य सुधारमा जोड

  1. स्वास्थ्य नीति बनाउदा छुट्टनै नहुने कुरा:अशिक्षित नै भएपनि शहरीक्षेत्रमा बसोबास गर्नेहरुलाई कोठा दिने मालिकले सुत्केरी हुननपाउने नियाम लगाएकोले सबै जना अस्पतालमा जान्छन्।यो दुईमत छैन।सुबिधाको हिसाबले पनि आतेजाते समस्या छैन तर पहाडी क्षेत्र गाउघरमा साधनको सुबिधा नभएकोले सुत्केरी बोक्ने साधनको रुपमा मान्छे बन्नु परेकोछ।तेस्मा पराम्पराका कारण सुत्केरी बोक्न नहुने भन्ने चलनले गर्दा जति सेवा,सुबिधा ,सुरक्षितको विषयमा परमर्शा दिएपनि कतिपाय महिलाहरू घरमै सुत्केरी भएकोछन।तेसैले यसमा सुधार आउनेखालको योजना बने अझ राम्रो हुने थियो।गाउँमा लागेर आएको नानिदेखिको बनी,सँस्करै फेराउन त सकिदैन।यसको वैकल्पिक उपायहरु जस्तै:सुत्केरी हिडेर जाननसकेसम्म सँस्थामै बस्नेखाने व्यवस्था।

Leave a Reply

Your email address will not be published. Required fields are marked *