‘ब्लड’ बैँकलाई पचास लाखको कम्पोनेन्ट मेसिन सहयोग

0
Shares

झापा, १५ पुस –  झापाको विर्तामोडमा निर्माण भएको रक्तसञ्चार सेवा भवनका लागि स्वास्थ्य मन्त्रालयले रु ५० लाख मूल्य बराबरको ‘कम्पोनेन्ट’ मेसिन (रगत वर्गीकरण गर्ने उपकरण) प्रदान गर्ने भएको छ ।

रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार मन्त्रिस्तरीय निर्णयबाट उक्त उपकरण रक्तसञ्चार सेवालाई प्रदान गर्ने निर्णय भएको र नेपाल रेडक्रस सोसाइटीसँग सम्झौतासमेत भइसकेको छ ।

यसैबीच स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले आज विर्तामोडस्थित रक्तसञ्चार सेवा भवनको निरीक्षण गरेका छन् । उनले निरीक्षणका क्रममा मानिसको जीवनसँग जोडिएको रगत आपूर्तिको सेवालाई प्रभावकारी बनाउन जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पोनेन्ट मेसिन जतिसक्दो छिटो पठाउने बताए ।

यता सांसद सुधीरकुमार शिवाकोटीले रेडक्रसको मानवीय सेवाको प्रशंसा गर्दै आफ्नो तर्फबाट पनि सहयोग गर्ने बताए । त्यस्तै सांसद हरिबहादुर राजवंशीले चाहिएको बेला रगतको महत्व थाह हुने बताउँदै रगतको आपूर्तिले सबैखाले विभेद् बिर्साएको बताए ।

रेडक्रसले विर्तामोडसहित छ स्थानमा ‘ब्लड बैंक’ सञ्चालनमा ल्याइ सेवा दिइरहेको रेडक्रस सोसाइटी विर्तामोडका सचिव एकराज गिरीले जानकारी दिए ।

कम्पोनेन्ट मेसिनले रगतमा रहेको आरबिसी, डब्लुबिसी, प्लाज्मा, प्लेटलेट जस्ता तत्व छुट्याउने र जसलाई जुन तत्व आवश्यक छ त्यही मात्र दिन सकिने नेपाल रेडक्रस सोसाइटी विर्तामोडका सभापति सजेश शिवाकोटीले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *