विद्यार्थीद्वारा मिर्गौला रोगीलाई आर्थिक सहयोग

28
Shares

काठमाडौँ, १५ पुस –  दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचारका लागि आर्थिक अभाव झेलिरहेका गुल्मीका सूर्य घिमिरेलाई काठमाडौँ उपत्यकाका प्राविधिक क्याम्पसका नेपाल विद्यार्थी सङ्घले आर्थिक सहयोग गरेको छ ।

आर्थिक सङ्कलन अभियान र वृत्तचित्र दर्शनी गरेर उठेको रु एक लाख ५० हजार पीडित घिमिरेलाई आज इकाइ सभापतिहरुले संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् ।

कार्यक्रम संयोजक एवम् नेविसङ्घका नेता सुमधुर बरालले विद्यार्थीले आफ्नो खर्च बचाएर मिर्गौला रोगीलाई बचाउन सहयोग गरेको बताए । उनले जीवन भट्टराईद्वारा निर्देशित शिक्षाको खोजी नामक वृत्तचित्र प्रदर्शन गरेर टिकटबापत उठेको रकम सहयोग गरिएको जानकारी दिए ।

मिर्गौला प्रत्यारोपण गराउन पैसा अभाव भएपछि प्राविधिक क्याम्पसका विद्यार्थीले उपचारका लागि सहयोग अभियान सञ्चालन गरी आर्थिक सङ्कलन गरेको पनि जानकारी दिए ।

पीडितलाई आर्थिक सहयोग चाहनेले ग्लोबल आइएमई बैंकको खाता नम्बर ०८०७०१००१०२९ मा पैसा जम्मा गर्न विद्यार्थी नेता शिव भट्टराईले अनुरोध गरे । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *