मोबाइल टर्चको भरमा प्रसूति सेवा

डोल्पा, १४ पुस –  यहाँको त्रिपुराकोट गाविस–२ बगरमा रहेको स्वास्थ्य चौकीमा बत्तीको सुविधा नहुँदा सुत्केरी गराउन समस्या भएको छ ।

स्वास्थ्य संस्थामा जडान गरिएको सौर्य बत्तीमा समस्या उत्पन्न भएपछि प्रसूति सेवा लिन आउने महिलालाई सुरक्षित सेवा दिन कठिनाइ भएको अनमी सुष्मा न्यौपानेले बताइन् ।

न्यौपानेले भनिन् – “गाउँमा भएको विद्युत् लाइन पनि अस्पतालमा जडान गरिएको छैन । भएको सोलार बिग्रेकाले चार महिनादेखि मोबाइलको टर्चबाट काम चलाउनुपर्ने बाध्यता छ ।”

“हप्तामा दुईवटासम्म गर्भवती महिला आउने गर्छन् बत्तीको व्यवस्था नहुँदा साह्रै समस्या भएको छ,” उनले भनिन् – “प्रसूति गराउने क्रममा एकपटक त एकजना अहेबको मोबाइलसमेत खसेर फुट्यो ।”

यता, स्वास्थ्य व्यवस्थापन समितिले चासो नदिएकाले यस्तो समस्या आएको अहेब हिमप्रसाद देवकोटाले बताए।

स्वास्थ्य चौकीमा आन्तरिक आर्थिक स्रोत नभएकाले बत्तीको व्यवस्था गर्न नसकिएको देवकोटाको भनाइ छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *