बैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण नि:शुल्क गर्न समिति गठन

काठमाडौँ, १४ पुस – रकारले बैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण सेवा सरकारी अस्पतालबाटै निशुल्क रुपमा गर्ने तयारी थालेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक कार्यविधि तथा मापदण्डको मस्यौदा तयार गर्न सहसचिव डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

समितिका सदस्यहरुमा चिकित्सा सेवा महाशाखाका उपसचिव रामकृष्ण लामिछाने र अनुगमन मूल्यांकन महाशाखाका उपसचिव भवनाथ खतिवडा रहेका छन् ।

सो समितिले वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण सरकारी अस्पतालले कसरी गर्ने, परीक्षण गरेवापत सरकारी अस्पताललाई कति अनुदान दिने ? परीक्षणमा सहभागी स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ता दिने कि नदिने ? परीक्षणलाई प्रभावकारी बनाउने तथा गलत रिपोर्ट दिएमा कारबाही प्रक्रिया के हुने लगायतका विषय समेटिएको कार्यविधि मस्यौँदा तयार गरी मन्त्रालयमा बुझाउने छ ।

बैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण अहिलेसम्म निजी मेडिकल तथा पोलिक्लिनिकहरुले चर्को शुल्क लिएर गर्दै आएका छन् । कतिपय देशमा जानका लागि मेडिकल तथा पोलिक्लिनिकहरुले मेडिकल गर्न सिन्डिकेट खडा गरेको समेत आरोप लाग्दै आएको छ ।

यसअघि स्वास्थ्य मन्त्रालयमा कानून मन्त्रालय, श्रम मन्त्रालयका विशिष्ठ अधिकारी सम्मिलित बैठक बसेको थियो । सो बैठकले बैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण निशुल्क रुपमा सरकारी अस्पतालबाटै गराउने विषयमा मापदण्ड बनाउन सुझाव दिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *