प्रतिष्ठान उपकुलपतिका आवेदकहरुको अन्तवार्ता लिदै स्वास्थ्य मन्त्री मेहताको टोली

काठमाडौँ, १६ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतका विभिन्न रिक्त प्रतिष्ठानमा उपकुलपति बन्न आवेदन दिएकाहरुको आज अन्तर्वार्ता चलिरहेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको प्रतिक्षालयमा उपकुलपति पदका प्रतिस्पर्धीहरु पालो पर्खिरहेका छन् ।
मन्त्रालयको टहरो भित्र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, सचिव डा विकास काफ्ले तथा राष्ट्रिय योजना आयोगका प्रतिनिधिहरुको टिम एक एक गर्दै आवेदकहरुलाई बोलाएर अन्तर्वार्ता लिई रहेका छन् ।
आज विहान ९ बजे देखि नै सुरु भएको अन्तर्वार्तामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाहेक अन्य सबै प्रतिष्ठानका प्रतिस्पर्धीहरुलाई बोलाइएको छ । कर्णालीको भने भोली विहान हुने मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ ।
यसअघि स्वास्थ्य मन्त्री मेहताको संयोजकत्वमा सरकारले तीन सदस्यीय नाम सिफारिस समिति गठन गरेको थियो । सो समितिले प्रत्येक प्रतिष्ठानबाट अन्तर्वार्ताका लागि ७ जनाका दरले छनौट गरेको छ ।
ती मध्ये समितिले हरेक प्रतिष्ठानबाट तीन जनाको नाम सिफारिस गर्ने र मन्त्रिपरिषद्बाट ती नाम मध्ये एक जनालाई उपकुलपति बनाउने प्रावधान रहेको छ ।

सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

