अदालतबाट सफाई पाएपछि अतिरिक्त स्वास्थ्य सचिव डा. संगिता, निर्देशक डा. विवेक काममा फर्किए

1.3k
Shares

काठमाडौँ, १७ असार । विशेष अदालतबाट सफाई पाएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा संगिता कौशल मिश्रा, एघारौँ तहका अधिकृत डा विबेकुमार लाल काममा फर्किएका छन् । यसै साता देखि उनीहरु स्वास्थ्य मन्त्रालयमा हाजिर भएका छन् । यद्धपी अहिले उनीहरुको जिम्मेवारी तोकिएको छैन ।

‘उहाँहरु मन्त्रालयमा हाजिर हुनु भएको छ । अब छिटै नै जिम्मेवारी मन्त्री ज्यू र सचिव ज्यू बसेर जिम्मेवारी तोक्नु हुन्छ होला,’ मन्त्रालय कर्मचारी प्रशासन स्रोतले भन्यो ।

विशेष अदालतले गत २ असारका दिन यसअघि थ्रीडी मेमोग्राफी मेसिन खरीद प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका स्वास्थ्यका यी दुई बरिष्ठ अधिकारी सहित आठ जनालाई सफाई दिएको थियो । त्यसरी सफाई पाउने अन्यमा भुवन प्रसाद काफ्ले, दिपक अधिकारी, यादव प्रसाद देवकोटा, शम्भु प्रसाद ढकाल, सीता घिमिरे र तिलकराम ढकाल रहेका छन् । यहि प्रकरणमा अरु ७ जना भने दोषी ठहर भएका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *