बीपी काेइराला मेमोरियल क्यान्सर अस्पतालकाे अध्यक्ष पदमा प्रा डा वाईपी सिंह नियुक्त
काठमाडौं, १८ असार । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक प्रा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त भएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गत १५ असारमा मन्त्री स्तरीय निर्णय गर्दै नियुक्त गरेकी हुन् ।
मन्त्रालयले यस पटक खुला प्रतिस्पर्धाबाट अध्यक्ष नियुक्तका लागि आवेदन माग गरेकाे थियोे । आवेदन दिएका मध्येबाट डा. सिंहसहित डा. अजयकुमार झा र डा. विजय चन्द्र आचार्यको नाम अन्तिम सिफारिसमा पठाएको थियो।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



