औषधीको आपूर्ति श्रृङ्खला सुनिश्चित गर्न विभागद्वारा औषधी व्यवसायीलाई ६ बुँदे निर्देशन

116
Shares

काठमाडौँ, १८ असार । औषधी व्यवस्था विभागले औषधीको आपूर्ति श्रृङ्खला सुनिश्चित गर्न औषधी उत्पादक, आपूर्तिकर्ता, थोक विक्रेता तथा खुद्रा विकेतालाई ६ बुँदे निर्देशन दिएको छ ।

विभागले नेपाली बजारमा हालै देखिएको काउन्टरफिट ( कुनै असली कम्पनीको औषधि जस्तै नाम, लोगो, प्याकेजिङ वा ट्रेडमार्क नक्कल गरी बनाइएको नक्कली औषधी) तथा फल्सिफाइड (आफ्नो पहिचान , संरचना वा उत्पादनको स्रोत बारे जानाजानी गलत जानकारी दिएर बनाइएको वा बेचिएको औषधी) औषधीहरुको बिक्री बितरण साथै रिकलका सूचनामा समेत बजारबाट न्युन परिमाणमा फिर्ता हुने भएका कारण यस्तो निर्देशन दिएको जनाएको छ ।

जारी सूचनामा अगाडी थपिएको छ यस्ता औषधीको सेवनले नकारात्मक असर पर्न सक्ने हुँदा जनस्वास्थ्यकालाई जोखिमबाट बचाउन, औषधी आपूर्ति श्रृङख्लामा सुधार गर्न र बजारलाई व्यवस्थित गर्न तथा पारदर्शी बनाउन औषधी बिक्री बितरण संहिता २०८० को मर्म बमोजिम कार्यान्वयन गर्न भनिएको छ ।

व्यवसायीहरुले के के गर्नु पर्ने ?
विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले जारी गरेको सूचनाको पहिलो बुँदामा लिखित सम्झौँता गर्न भनिएको छ । सबै स्वदेशी उत्पादक तथा औषधी पैठारीकर्ताहरुले आफ्ना आधिकारिक थोक विक्रेताहरु संग लिखित सम्झौँता गर्नु पर्ने भनिएको छ ।
आधिकारिक थोक बिक्रेताहरुको सार्वजनिक सूची :

सबै स्वदेशी उत्पादक तथा औषधी पैठारीकर्ताहरुले आफ्ना आधिकारिक थोक बिक्रेताहरुको अध्यावधिक सूची आफ्नो वेवसाइटमा प्रकाशित गर्नुका साथै विभागको आधिकारिक पोर्टलमा पनि उपलव्ध गराउन भनिएको छ ।

संस्थागत आपूर्ति सम्वन्धी व्यवस्था :
अस्पताल, स्वास्थ्य संस्था तथा अन्य संस्थागत खरीदमा प्रयोग हुने औषधीहरको प्याकेजिङ लेभलिङमा संस्थागत आपूर्ति (इन्स्टिच्युसनल सप्लाई ओन्ली भनेर स्पष्ट रुपमा उल्लेख हुनुपर्ने बताइएको छ । यस्ता औषधीहरु खुद्रा विक्रीका लागि प्रयोग गर्न समेत निषेध गरिएको छ ।

थोक बिक्रेताहरुको बिक्री सीमा:

थोक बिक्रेताहरुले विभागमा दर्ता भएका खुद्रा औषधी पसल, सरकारी स्वास्थ्य संस्था अस्पताल तथा प्रचलित कानून बमोजिम दर्ता भएका अन्य संस्थाहरुलाई मात्रै औषधी विक्री बितरण गर्न सक्नेछन् । अनाधिकृत व्यक्तिहरुलाई बिक्री गर्न निषेध गरिएको छ ।

खुद्रा विक्रेताहरुको खरीद दायित्व:

सबै खुद्रा विक्रेताहरुले उत्पादक वा औषधी पैठारीकर्ताद्धारा अधिकृत थोक बिक्रेताबाट मात्र औषधी खरीद गर्नुपर्ने छ । खरीद गर्दा थोक विक्रेताको नाम विभागको दर्ता नम्बर र विल अनिवार्य रुपमा राख्नु पर्नेछ ।

लाइसेन्स नबीकरण प्रक्रिया:
आव २०८३ ०८४ देखि थोक बिक्रेताहरुले औषधी बिक्री वितरण प्रमाणपत्र नवीकरण गर्दा उत्पादक तथा पैठारीकर्तासंग भएको लिखित सम्झौताको प्रमाणित प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नुपर्ने छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *