६० प्रतिशत महिलामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या

शिबिरमा स्वास्थ्य परीक्षण गराउँदै महिला

उदयपुर, १२ पुस – तपेश्वरी गाविसका ६० प्रतिशत महिलाहरुमा प्रजनन स्वास्थ्यमा समस्या देखिएको छ । रेडक्रस उपशाखा तपेश्वरीको आयोजनामा गत आइतबार भएको महिला स्वास्थ्य शिविरमा परिक्षण गर्न आएका मध्ये अधिकाशंलाई प्रजनन स्वास्थ्यमा समस्या देखिएको हो ।

शिविरमा उपचार गर्न आएका १०२ महिला मध्ये ६० जना महिलामा गम्भिर प्रकारको प्रजनन स्वास्थ्य समस्या देखिएको चिकित्सकले बताएका छन । स्वास्थ्य शिविरमा उपचार गर्न आएका महिलाहरुमा पाठेघर खसेका, सेतो पानी बग्ने, महिनावारी गडबढी हुने लगायतका समस्या देखिएको डा. सुधा वस्नेतले बताइन । डा. बस्नेतका अनुसार गम्भिर विरामी भएका महिलाहरुलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर उपचार गरिने छ ।

विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा तपेश्वरी गाविसको वडा नं. १ मा सम्पन्न स्वास्थ्य शिविरमा एक सय दुई जना महिलाले स्वास्थ्य जाँच गराएको रेडक्रस उपशाखा सभापती ध्रुब कोईरालाले जानकारी दिए ।

उपशाखा सभापति कोईरालाका अनुसार रेडक्रस सोसाईटीको कोशी वेसिन परियोजना अन्तरर्गत आयोजित शिविरिमा विपी कोईराला स्वास्थ्य प्रतिष्ठानका दुई जना स्त्री तथा महिला रोग विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच गरेका थिए

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *