६० प्रतिशत महिलामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या

128
Shares
शिबिरमा स्वास्थ्य परीक्षण गराउँदै महिला

उदयपुर, १२ पुस – तपेश्वरी गाविसका ६० प्रतिशत महिलाहरुमा प्रजनन स्वास्थ्यमा समस्या देखिएको छ । रेडक्रस उपशाखा तपेश्वरीको आयोजनामा गत आइतबार भएको महिला स्वास्थ्य शिविरमा परिक्षण गर्न आएका मध्ये अधिकाशंलाई प्रजनन स्वास्थ्यमा समस्या देखिएको हो ।

शिविरमा उपचार गर्न आएका १०२ महिला मध्ये ६० जना महिलामा गम्भिर प्रकारको प्रजनन स्वास्थ्य समस्या देखिएको चिकित्सकले बताएका छन । स्वास्थ्य शिविरमा उपचार गर्न आएका महिलाहरुमा पाठेघर खसेका, सेतो पानी बग्ने, महिनावारी गडबढी हुने लगायतका समस्या देखिएको डा. सुधा वस्नेतले बताइन । डा. बस्नेतका अनुसार गम्भिर विरामी भएका महिलाहरुलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर उपचार गरिने छ ।

विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा तपेश्वरी गाविसको वडा नं. १ मा सम्पन्न स्वास्थ्य शिविरमा एक सय दुई जना महिलाले स्वास्थ्य जाँच गराएको रेडक्रस उपशाखा सभापती ध्रुब कोईरालाले जानकारी दिए ।

उपशाखा सभापति कोईरालाका अनुसार रेडक्रस सोसाईटीको कोशी वेसिन परियोजना अन्तरर्गत आयोजित शिविरिमा विपी कोईराला स्वास्थ्य प्रतिष्ठानका दुई जना स्त्री तथा महिला रोग विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच गरेका थिए

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *