नयाँ बर्षको उपलक्ष्यमा केडीसी अस्पतालद्धारा स्वास्थ्य परीक्षणमा छुटको घोषणा

0
Shares

काठमाडौँ, १० पुस –  नयाँ बर्ष २०१७ को अवसरमा बसुन्धरास्थित केडीसी हस्पिटलले स्वास्थ्य परीक्षण तथा उपचारमा विशेष छुटको व्यवस्था गरेको छ । अस्पतालले १० पुस(आज) देखि २९ पुससम्म दन्त स्वास्थ्य बाहेकका अन्य उपचार तथा परीक्षणमा १५ छुटको व्यवस्था गरेको हो ।

अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले उपचार स्वास्थ्य परीक्षण सहित होलबडी चेकअपका लागि छुटको व्यवस्था गरेको बताए । ‘हरेक स्वास्थ्य व्यक्तिले बर्षमा कम्तिमा एक पटक होलबडी चेकअप गर्नै पर्छ । त्यसैलाई मध्येनजर गर्दै नयाँबर्षको अवसरमा हामीले छुट प्याकेज घोषणा गरेका हौँ ,’ उनले भने ।

एक सय बेडको केडीसी अस्पतालमा चौविसै घण्टा इमरजेन्सी र एम्वुलेन्स सेवा सहित आइसियु, सिसियु, हेमोडायलासिस सेवा उपलव्ध छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *