औषधि र कर्मचारीको अभावले सास्ती

पाँचथर, १० पुस –  ग्रामीण स्वास्थ्य संस्थामा औषधि र दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।

अधिकांश गाविसका उपस्वास्थ्य चौकीमा अहिले औषधिको अभाव भएको कार्यालयका कर्मचारी बताउँछन् । ग्रामीण भेगका स्वास्थ्य संस्थामा ४३ प्रकारका औषधि निःशुल्क रुपमा बिरामीलाई वितरण गरिनुपर्ने भए तापनि अहिले औषधि पर्याप्त मात्रामा नभएको सराङडाँडा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र बस्नेतले बताए ।

जिल्लाका स्वास्थ्य संस्थामा तीन सय १७ दरबन्दी भए पनि अहिले एक सय दरबन्दी रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका अधिकांश स्वास्थ्य संस्था परिचर र अहेवका भरमा सञ्चालन भइरहेको सेवाग्राही बताउँछन् ।

यस्तै लिम्बा स्वास्थ्य चौकीका अनमी कविता खिमले छ जनाको दरबन्दी भए पनि तीनजना कर्मचारीले मात्रै कार्यालय सञ्चालन गरिरहेको बताइन्। जिल्ला अस्पतालका प्रमुख डा पवनकुमार शाहले बोलपत्र आह्वानको प्रक्रियाका कारण औषधि प्राप्तिमा ढिलाइ भएको बताउँदै अब एक हप्ताभित्र आइसक्ने जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *