स्वास्थ्य चौकीलाई दश लाखको जग्गा दान

0
Shares

म्याग्दी, १० पुस – म्याग्दीको निस्कोटका एक दम्पतीले स्वास्थ्य चौकीलाई दश लाख रुपैयाँ मूल्य बराबरको जग्गा सहयोग गरेका छन् ।

निस्कोट–९ का खड्कचन पुन र उनकी श्रीमती निरु पुनले शनिबार गाउँ परिषद्को अवसरमा स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गा उपलब्ध गराएका हुन्।

पुन दम्पतीले दिवङ्गत बुबा तुलबहादुर पुनको स्मृतिमा उपलब्ध गराएको सो जग्गाको मूल्य दश लाख रुपैयाँ रहेको गाविस सचिव छवीलाल उपाध्यायले जानकारी दिए ।

तीन वर्षअघि स्तरवृद्धि भएको स्वास्थ्य चौकीको भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको थियो । जीर्ण र साँघुरो कोठा भएको भवनबाट सेवा प्रवाह हँुदै आएको छ । जग्गा प्राप्त भएपछि भवन निर्माण प्रक्रिया अघि बढाइने गाविस सचिव उपाध्यायले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *