स्वास्थ्य चौकीलाई निःशुल्क जग्गादान

64
Shares

 

बैतडी, ९ पुस –  पुर्चौडीका स्थानीय बासिन्दाले हाट स्वास्थ्य चौकीलाई निःशुल्क पाँच रोपनी जग्गादान गरेका छन् ।

डिलाशैनी–७ का गङ्गादत्त जोशी (तीन रोपनी) र हाट–३ का गगन सिंह बोहरा, दलबहादुर बोहरा, कलावती बोहरा, पार्वतीदेवी बोहराले सगोल रुपमा (दुई रोपनी) निःशुल्क जग्गादान गरेको हाट स्वास्थ्य चौकीका इन्चार्ज विनोद कुँवरले बताए।

यसअघि स्वास्थ्य चौकीका लागि सुविधा सम्पन्न भवन बनाउन जग्गा अभाव रहेको थियो । निःशुल्क जग्गा पाएसँगै अब सुविधा सम्पन्न स्वास्थ्य चौकीको भवन निर्माण गरिने उनले बताए। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *