सभासद् चन्द बैतडीमा स्वास्थ्य बिमा गर्ने पहिलो व्यक्ति

0
Shares

बैतडी, ७ पुस – जिल्लामा स्वास्थ्य बिमा गर्ने पहिलो व्यक्ति नेपाली काँग्रेसका नेता तथा बैतडी क्षेत्र नं २ का सांसद नरबहादुर चन्द बनेका छन् ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले आजदेखि सुरु गरेको सो बिमा दर्ता शुभारम्भका क्रममा उनले आफ्नै बिमा गराएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक गुणराज अवस्थीले जानकारी दिए ।

सांसद चन्दले सबैमा स्वास्थ्य बिमा गर्न आग्रह पनि गरेका छन् ।

डा. लोहनीले गरिब नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन स्वास्थ्य बिमा ल्याइएको बताए ।

कैलाली, बागलुङ र इलाममा सञ्चालन गरिएको यो कार्यक्रम सुदूरपश्चिमका बैतडी र अछामसहित २५ जिल्लामा विस्तार गरिने उनले जानकारी दिए ।

स्वास्थ्य बिमाका लागि पाँचजनाको परिवारले रु दुई हजार ५०० जम्मा गर्नुपर्ने र एक वर्षसम्म रु ५० हजार बराबरको उपचार निःशुल्क हुने व्यवस्था छ तर पाँचजनाभन्दा बढी परिवारका सदस्य भए रु४२५ का दरले थप शुल्क तिर्नुपर्ने छ ।

जिल्लामा स्वास्थ्य बिमा सञ्चालनका लागि ७० जना दर्ता कर्मचारी छनोट गरिएको र उनीहरुले प्रत्येकको घरदैलोमा गएर यसबारे जानकारी गराएर सदस्यता वितरण गर्ने आयोजक संस्थाले जनाएको छ । पुस महिनाभरि दर्ता भएकाहरुले फागुनदेखि स्वास्थ्य बिमा सेवा पाउने भएका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *