नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा डा. रोबसकुसुम सुवेदी नियुक्त

348
Shares


काठमाडौँ, ७ पुस  – सरकारले नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा डा। रोबश कुसुम सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले डा. सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठक पछि निर्णयबारे जानकारी दिदै सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले डा .भगवान कोइराला सहित गठन भएको तीन सदस्यीय समिति गरेको सिफारिसको आधारमा सुवेदीलाई महाप्रवन्धकमा नियुक्त गरेको जानकारी दिए ।

समितिले डा.सुवेदीसहित मोहम्मद सफिल्ला र अच्युत विक्रम थापा गरी तीनजनाको नाम सिफारिस गरेको थियो ।

विगत पन्ध्रबर्ष देखि औषधि क्षेत्रमा कार्यरत सुवेदी पछिल्लो समय भेगा फर्मास्युटिकल्समा फ्याक्ट्री डाइरेक्टरका रुपमा कार्यरत थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *