रक्त क्यान्सर पीडित सीतालाई सहयोग

म्याग्दी, ७ पुस –  म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्तक्यान्सरबाट पीडित सीता ( कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारका लागि सहयोग जुटाउन सुरु गरिएको छ ।

टिचिङ अस्पताल काठमाडौँमा उपचाररत क्षेत्रीको उपचारमा लाखौँ रुपैयाँ लाग्ने भएपछि आवश्यक सहयोग रकम जुटाउन अभियान सुरु गरिएको हो । बेनीमा भएको एक भेलाले पीडित क्षेत्रीको उपचारमा आर्थिक सहयोग जुटाउन सीता (कृष्णकुमारी) कटुवाल क्षेत्री बचाउ अभियान सुरु गरिएको छ । भेलाले नन्दबहादुर खत्री संयोजक, बालकृष्ण सुवेदी, भबबहादुर भण्डारी, शिवप्रसाद कटुवाल, राजेन्द्रकुमार श्रेष्ठ, हरि भण्डारी र कमल खत्री सदस्य रहेको सीता (कृष्णकुमारी) बचाउ अभियान समिति गठन गरेको छ ।

समितिले क्षेत्रीको सहयोगार्थ बेनीस्थित ग्लोबल आइएमई बैंकमा समितिका संयोजक नन्दबहादुर खत्री र सदस्यद्वय कमल खत्री र हरि भण्डारीको नाममा रहेको संयुक्त खाता नम्बर ४८०७०१०००२६७४ मा सहयोग रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ ।

“क्षेत्रीको उपचारमा झन्डै रु ७० लाखभन्दा बढी लाग्ने अस्पतालबाट खबर भएको छ, उक्त रकम जुटाउन सबै क्षेत्रबाट सक्दो सहयोगको खाँचो छ, उनको जीवनरक्षाका लागि सबैलाई सहयोग गर्न अपिल गरेका छौँ”, संयोजक खत्रीले भने ।

यसैबीच, क्षेत्रीको उपचारार्थ बेनीमा भएको भेलाबाट पहिलो दिन नै रु दुई लाख ४४ हजार पाँचसय आर्थिक सङ्कलन भएको छ । क्षेत्रीको उपचारका लागि प्राप्त सहयोग रकमलाई निजको उपचारमा मात्रै खर्च गरिने र उपचारमा आवश्यक पर्नेभन्दा बढी रकम सङ्कलन हुन आएमा उक्त रकमलाई अन्य स्वास्थ्य उपचारकै सामाजिक क्षेत्रमा परिचालन गरिने समितिले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *