मन्त्री थापाद्वारा अस्पताललाई उपकरण हस्तान्तरण

उदयपुर, ५ पुस –  स्वास्थ्य मन्त्री गगन थापाले आज उदयपुर जिल्लाको कटारी अस्पताललाई करोडौँ मूल्यका बिभिन्न नयाँ उपकरण हस्तान्तरण गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले मन्त्री थापालाई हस्तान्तरण गरेको करोडौँ मूल्यको उपकरण — डिजिटल एक्स–रे मेसिनसहित एक्बुलेन्स मन्त्री थापाले आज कटारी अस्पताललाई हस्तान्तरण गरेको कटारी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए ।

अस्पतालमा उपकरण हस्तारन्तरण कार्यक्रममा मन्त्री थापाले भन्नुभयो, “अब नेपालका अस्पताल सुधार गर्न स्वास्थ्य मन्त्रालयले प्रत्यक अस्पतालमा आधुनिक उपकरण व्यवस्थापन गर्ने र हस्तान्तर गर्ने नीति रहेको छ ।”

यस्तै अस्पतालमा सरकारद्वारा व्यवस्थापन गरिने आधुनिक उपकरण सञ्चालन गर्नका लागि तत्काल सरकारले जनशक्तिको समेत व्यवस्थापन गर्न लागेको जानकारीसमेत मन्त्री थापाले दिएको कटारी अस्पतालका प्रमुख डा. अमरेन्द्रकुमार साहले बताएका छन् ।

सरकारले नेपालका प्रत्येक गाउँघरका स्वास्थ्य चौकीलाई समेत क्षमता वृद्धि गर्नका लागि अब प्रत्येक ग्रामीण स्वास्थ्य चौकीमा एमबिबिएस तहका डाक्टर व्यवस्थापन गर्न लागेको समेत बताए । स्वस्थ बन्न र रोगबाट लड्नका लागि सरकारले देशमा छिटो स्वास्थ्य सुधारका योजना ल्याउन लागेका कारण यसमा सबैको सहयोग हुनुपर्ने समेत मन्त्री थापाले बताएको कटारी अस्पतालले बताएको छ ।

अब आर्थिकरुपमा सशक्त हुने वर्गले स्वास्थ्य बीमा गर्नुपर्ने र अन्य आर्थिक अवस्था न्यून हुने जनताका लागि सरकारले निःशुल्क स्वास्थ्य सेवा व्यवस्थापनको नीति सरकारले ल्याउन लागेको समेत मन्त्री थापाले बताएका छन् ।

अस्पतालमा उपकरण हस्तान्तरणसँगै आजै उक्त उपकरणको प्रमुख अतिथि मन्त्री थापाले उद्घाटनसमेत गरेका थिए । सो अवसरमा विशेष अतिथि नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापा समेत उपस्थित थिए ।

यसैगरी, कार्यक्रममा नेपाली काँग्रेस, उदयपुरका सभापति विदुर बस्नेत, क्षेत्र नम्बर ३ का सांसद नारायणबहादुर कार्कीको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व रेडक्रस सोसाइटी उदयपुरका सभापति विनोद बस्नेतले गरेका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *