गायकलाई उपचारार्थ सहयोग

56
Shares

पोखरा, ५ पुस –  सामुदायिक मेलमिलापकर्ता समाज कास्कीको सक्रियतामा बिरामी भएर उपचार गराइरहेका सामुदायिक मेलमिलाप समिति हेमजाका संयोजक लालबहादुर गायकलाई रु ६७ हजार ५०० सहयोग गरिएको छ ।

समुदायमा मेलमिलाप कार्यमा सक्रिय रहँदै आएका ५४ वर्षीय गायक मुटु लगायत स्वास्थ्य समस्याका कारण काठमाडौँस्थित ग्रान्डी अस्पतालमा उपचार गराइरहेका छन् ।

सामुदायिक मेलमिलापकर्ता समाज कास्कीका संयोजक प्रतिभा अधिकारीले गायकलाई समाजका तर्फबाट रु २० हजार र अन्य सहयोग जिल्लास्थित सिद्ध, ढिकुरपोखरी, पोखरा उपमहानगरपालिका, सार्दी खोला, लेखनाथ, कृस्ती, रुपाकोट र भरतपोखरीका सामुदायिक मेलमिलाप समिति मार्फत उपलब्ध गराइएको हो ।

कास्की जिल्लामा २०६० सालदेखि सामुदायिक मेलमिलाप सेवा सञ्चालन हुँदै आएको छ । समुदायस्तरका विवाद प्रहरी चौकी एवम् अदालतसम्म नपु¥याउने उद्देश्यका साथ समाज एवम् स्थानीय समिति क्रियाशील बनेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *