गायकलाई उपचारार्थ सहयोग

पोखरा, ५ पुस –  सामुदायिक मेलमिलापकर्ता समाज कास्कीको सक्रियतामा बिरामी भएर उपचार गराइरहेका सामुदायिक मेलमिलाप समिति हेमजाका संयोजक लालबहादुर गायकलाई रु ६७ हजार ५०० सहयोग गरिएको छ ।

समुदायमा मेलमिलाप कार्यमा सक्रिय रहँदै आएका ५४ वर्षीय गायक मुटु लगायत स्वास्थ्य समस्याका कारण काठमाडौँस्थित ग्रान्डी अस्पतालमा उपचार गराइरहेका छन् ।

सामुदायिक मेलमिलापकर्ता समाज कास्कीका संयोजक प्रतिभा अधिकारीले गायकलाई समाजका तर्फबाट रु २० हजार र अन्य सहयोग जिल्लास्थित सिद्ध, ढिकुरपोखरी, पोखरा उपमहानगरपालिका, सार्दी खोला, लेखनाथ, कृस्ती, रुपाकोट र भरतपोखरीका सामुदायिक मेलमिलाप समिति मार्फत उपलब्ध गराइएको हो ।

कास्की जिल्लामा २०६० सालदेखि सामुदायिक मेलमिलाप सेवा सञ्चालन हुँदै आएको छ । समुदायस्तरका विवाद प्रहरी चौकी एवम् अदालतसम्म नपु¥याउने उद्देश्यका साथ समाज एवम् स्थानीय समिति क्रियाशील बनेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *