‘तपाईँहरुका माग पुरा गर्न पनि मैले काम गर्न पर्छ ताला खोलिदिनुस्’ – डीन प्राडा अग्रवाल

काठमाडौँ, ४ पुस – नियुक्ति भए लगत्तै कार्यकक्षमा तालाबन्दी लागेर अप्ठेरोमा परेका त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डीन प्राडा जगदीश अग्रवालले ताला खोलिदिन आइओएम बचाउ संघर्ष समितिसंग अनुरोध गरेका छन् ।

उनले ताला खोलिदिए संघर्ष समितिले उठाएको डीन नियुक्तिको प्रक्रियालाई टुंगोमा पुग्ने गरि काम अघि बढाउने आश्वासन दिएका छन् ।

संघर्ष समितिले सोमबार महाराजगञ्ज क्याम्पसको सभा हलमा भएको मास मिटिङको आयोजना गरेको थियो ।

सो मिटिङमा सम्वोधन गर्दै डीन अग्रवालले तालाबन्दीले प्रक्रिया अघि बढाउन अप्ठेरो परेको भन्दै कार्यकक्षको ताला खोलिदिन आग्रह गरेका हुन् ।

‘उहाँले ताला खोलेर सहयोग गरे डीन नियुक्तिको मापदण्ड अघि बढ्ने बताउनुभयो,’ संघर्ष समितिका संयोजक डा सुरेश उप्रेतीले भने, ‘ तर हामीले प्रक्रिया मिचेर आएकोले राजिनामाको बिकल्प नभएको उहाँलाई सुनायौँ । प्रक्रिया अनुसार नियुक्ति भएर आएमा फेरी पनि स्वागत गर्छौँ भन्यौँ ।’

कार्यक्रममा डा गोविन्द केसीलाई समेत बोलाएको भएपनि डा केसी भने पुगेनन् । कार्यक्रममा डा भगवान कोइराला, डा केके ओली, डा मोदनाथ मरहठ्ठा, क्याम्पस प्रमुख डा रोहित पोखरेल सहित विद्यार्थीका प्रतिनिधीहरुले समेत धारणा राखेका थिए ।

कार्यक्रममा सहभागी अधिकांशले प्रक्रिया अनुसार नियुक्त भएर आएका जो कोहीलाई बेइज्येत पूर्ण रुपमा निस्कने बाताबरण बनाउन नहुनेमा जोड दिएका थिए । अधिकांश बक्ताले डा केसीले प्रक्रिया अनुसार नियुक्त भएर आएका व्यक्तिलाई बेईजेतपूर्ण रुपमा निस्कनु परेको आरोप लगाएका थिए ।

आजको छलफल पछि डीन प्राडा अग्रवालसंग पुन बार्तामा बसेर आन्दोलन अघि बढाउने वा नबढाउने बारेमा निर्णय हुने समितिका अध्यक्ष डा उप्रेतीले बताए । ‘सम्भवत भोली फेरी बार्तामा बसिन्छ त्यसपछि कसरी अघि बढने भन्ने बारेमा थाह हुन्छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *