जाडो मौसममा छालालाई सुन्दर बनाउन खानुहोस् यी खानेकुार

368
Shares

गाजर :

गाजरमा प्रशस्त मात्रामा भिटामिन सी भरिपूर्ण हुन्छ जसले त्वचा तथा छालालाई स्वस्थ राख्नमा मद्दत गर्छ । गाजरमा भिटामिन ए तथा एन्टीअक्सिडेन्ट तत्व हुन्छ यसले छालालाई सुरक्षित राख्न समेत मद्दत गर्छ ।

सुन्तला :

सुन्तला भिटामिन सी को उत्तम स्रोत हो । भिटामिन सी स्वस्थ छालाका लागि निकै आवश्यक हुन्छ । यसले छालालाई हाइड्रेट राख्नमा मद्दत गर्छ ।

ग्रीन टी :

ग्रीन टी स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । साथै यसको सेवनले त्वचालाई जवान राख्नमा मद्दत गर्छ । यसमा एन्टीअक्सिडेन्ट गुण हुन्छ । जाडो मौसममा यसको सेवन गर्नाले शरीरलाई चिसोबाट बचाउन मद्दत गर्छ ।

माछा :

माछामा आमेगा ३ फैटी एसिड पाइन्छ जसले शरीरलाई निकै फाइदा गर्छ । यसको सेवनले छालालाई चमकदार बनाउन मद्दत गर्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *