डेन्टलकेयर प्रयोगशालामा सिलबन्दी

20
Shares

 


म्याग्दी, १ पुस-  म्याग्दीको बेनीबजारमा मापदण्ड विपरित प्रक्रिया नपु¥याइ सञ्चालनमा रहेका दुईवटा डेन्टलकेयर र एक प्रयोगशालामा सिलबन्दी गरिएको छ ।

आपूर्ति व्यवस्था उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र उपभोक्ता हकहित संरक्षण मञ्चका प्रतिनिधिसहितको टोलीले गरिएको बजार अनुगमनका क्रममा बेनीको हुलाकचोकस्थित सञ्चालनमा रहेका निलगिरि र युगल डेन्टल केयरले प्रक्रिया नपु¥याई सञ्चालन गरेको देखिएकाले ती दुबैलाई सिलबन्दी गरिएको विभागका निर्देशक निरज पौडेलले जानकारी दिए ।

त्यस्तै दश बर्षदेखि इजाजत पत्रबिना नै सञ्चालनमा रहेका स्थानीय न्युरोडस्थित आरके प्याथोलोजीलाई पनि सिलबन्दी गराइएको उनले बताए ।

‘विगतमा गरिएको बजार अनु्गमनका क्रममा दिइएको सुझाव कार्यान्वयन भएका छैनन्, मनपरी सेवा सञ्चालन भइरहेका अन्य औषधि पसललाई समेत कानुनी दायरामा ल्याउनेछौँ, जिल्ला जनस्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत नारायण चौधरीले भने — “अनुगमनका क्रममा सेवा सञ्चालन अनमतिपत्र लिने बेलामा बिरामीलाई उपलब्ध गराउने छुटसहित मासिक, चौमासिक तथा वार्षिक विवरण जिल्ला जनस्वास्थ्य र क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा उपलब्ध गराउनु्पर्ने प्रावधान समेत कार्यान्वन नगरेको पाइएको छ ।”

डेन्टल सेवामा आवश्यकपर्ने पूर्वाधार तथा प्रक्रिया, सेवाको विवरण, मूल्यसूची लगायतका विवरण समेत अनुगमका क्रममा नभेटिएको अनुगमन टोलीका सदस्य एवम् जिल्ला प्रशासन कार्यालयका नवीन सुवेदीले बताए ।

तीनवटा औषधि पसल र प्रयोगशालामा गरिएको अनुगमनमा ती सबै कानुन विपरित र मापदण्ड अपुग भएको फेला परेपछि बजारमा रहेका अन्य औषधि पसललाई समेत एक हप्ताभित्र कानुनी प्रक्रियामा ल्याउन आपूर्ति व्यवस्था उपभोक्ता हित संरक्षण विभागका निर्देशक पौडेलले निर्देशन दिएका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *