क्यान्सर पीडित थपलियालाई आर्थिक सहयोग

0
Shares

काठमाडौँ, २९ मंसिर – विगत लामो समयदेखि मुखको क्यान्सरको उपचार गराइरहेका पर्यटन पत्रकार पुष्प थपलियालाई राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज) ले रु ४६ हजार सहयोग सहित सम्मान गरेको छ ।

गोरखा पर्यटनका संस्थापक अध्यक्ष समेत रहेका थपलियाको स्वास्थ्यलाभको कामनासहित सो सम्मान गरिएको हो । उनको मुखकोे क्यान्सरको उपचारका क्रममा दुवै मिर्गौलाले समेत काम नगर्ने भएपछि उपचार गराइराख्नु परेको परिवारले जनाएको छ ।

शिक्षण अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचारार्थ थपलियालाई आज अस्पताल पुगी नाटोजको टोलीले सहयोग रहकम हस्तन्तरण गरेको थियो ।

नाटोजले पर्यटन पत्रकारमा आइपर्ने समस्या निराकरण गर्न विगतमा पनि सहयोग गर्दै आएको र सोहीबमोजिम थपलियाको उपचारमा सहयोग रकम प्रदान गरिएको अध्यक्ष शिव अधिकारीले बताए ।

पर्यटन पत्रकारितामा तीन दशकदेखि संलग्न ६८ वर्षीय थपलिया नौ बिगत महिनादेखि उपचाररत छन् । सुरुमा मुखको क्यान्सरबाट पीडित भएपछि छ महिनासम्म भारतको मेदान्त अस्पतालमा उपचार गराएका थपलिया अहिले डेढ महिनादेखि शिक्षण अस्पतालमा छन्।

थपलिया १५ दिनदेखि बोल्न नसक्ने अवस्थामा रहेको उनकी धर्मपत्नी गीता थपलियाले  जानकारी दिइन्। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *