आँखा शिविरमा ३४५ जनाको निःशुल्क उपचार

0
Shares


धनगढी, २७ मंसिर –  स्थानीय हलमानपुरस्थित राज्यलक्ष्मी उच्च माध्यमिक विद्यालयमा आयोजित आँखा शिविरमा ३४५ रोगीको निःशुल्क उपचार गरिएको छ ।

भारतीय दूतावासको सहयोगमा नेपाल नेत्रज्योति सङ्घ, गेटा आँखा अस्पतालले दुई दिनअघि गरेको उक्त शिविरमा आँखाको परीक्षण तथा उपचार गरिएका मध्ये मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने अवस्थाका ६८ रोगीलाई गेटा आँखा अस्पतालमा शल्यक्रियाका लागि सिफारिस गरिएको उपचारमा संलग्न वरिष्ठ नेत्र अधिकृत रमेशचन्द्र भट्टले बताए ।

उनी सहितका १० नेत्र चिकित्सकको टोलीले शिविरमा आउने रोगीको आँखा जाँच तथा उपचार गरेका थिए ।

अन्धोपन न्यूनीकरण गर्न सो अस्पतालले प्रत्येक वर्ष विभिन्न सरकारी र गैरसरकारी सामाजिक संस्थाबाट सहयोग जुटाई विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गर्दै आएको छ ।

सुदूरपश्चिम क्षेत्रमा मानिसको आँखामा लाग्ने मोतियाबिन्दु नै अन्धोपनको मुख्य कारण रहेको बताइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *