पाल्पामा १३५ घरधुरी शौचालयविहीन

पाल्पा, २७ मंसिर –  पाल्पा जिल्लामा करिब १३५ घरपरिवारमा अझै शौचालय निर्माण हुन सकेको छैन् ।

सन् २०१६ भित्र जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने भनिए पनि १० गाविसका प्रत्येक घरमा शौचालयविहीन अवस्थामा घरपरिवार रहेपछि कार्यान्वयन गर्न थप समस्या भएको हो ।

जिल्लाको रामपुर नगरपालिकामा ७५, तानसेन नगरपालिकामा १० र सिद्देश्वर गाविसमा २५ घर परिवारमा शौचालय बनाउन बाँकी रहेको जिल्ला विकास समिति पाल्पाका कार्यक्रम अधिकृत विनोद नेपालले बताए । अन्य १० गाविसमा २५ वटा घरधुरीमा शौचालय निर्माण हुने बाँकी रहेको हो । मस्याम, ज्यामिरे, सोमादी, कसेनी, छहरा, फेक, तेल्घा, रिङ्गनेरह, जुठापौवालगायतका गाविसमा शौचालय प्रत्येक घरमा निर्माण हुन नसक्दा खुला दिसामुक्त गाविस घोषणा हुन सकेको छैन ।

प्रत्येक घरमा शौचालय निर्माण हुन नसकेका गाविस अझै खुला दिसामुक्त गाविस घोषणा हुन नसकेका हुन । कार्यक्रम अधिकृत नेपालका अनुसार पुस महिनामा सबै गाविसलाई खुला दिसामुक्त गाविस घोषणा गर्ने तयारीमा रहेको त्यसका लागि प्रत्येक घरमा शौचालय निर्माण कार्य भइरहेको छ ।

जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समितिले खुला दिसामुक्त घोषणा भइसकेका गाविसको अवस्था अध्ययन गर्ने र मस्याम, ज्यामिरे गाविसलाई खुला दिसामुक्त गाविस घोषणा गर्ने जनायो ।

जिल्लाका अझै १० गाविसमा शौचालय निर्माण कार्य पूरा हुने बित्तिकै ती गाविसलाई खुला दिसामुक्त घोषणा गर्ने तयारीमा रहेको छ । गाविसमा शौचालय निर्माण भएपछि जिल्लालाई समेत खुला दिसामुक्त गर्ने अभियान अन्तिम चरणमा पुगेको जिविसले जनाएको हो ।

जिल्लाका ५० गाविस खुला दिसामुक्त घोषणा भइसके पनि शौचालयमा नै दिसापिसाब गर्ने चलनको विकास हुन सकेको छैन । पानीको अभावका कारण खुला दिसामुक्त गाविस प्रभावहीन अवस्थामा रहेका छन् ।

ताहु“ गाविस–१ लाई पूर्ण सरसफाइयुक्त वडा घोषणा गर्ने स्थलगत अध्ययनका लागि चार सदस्य समिति निर्माण गरेको छ । सिलुवा र वाकामलाङ गाविसलाई पूर्ण सरसफाइ गाविसका क्रियाकपाल सञ्चालन गर्ने सुआहारले अनुमति प्राप्त गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले खुला दिसामुक्त जिल्ला घोषणा गर्दा राजमार्ग क्षेत्रमा सार्वजनिक शौचालय निर्माण कार्यलाई पहिलो प्राथमिकतामा पार्नुपर्ने बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *