केडीसीलाई ताईवानको टुङ्स टाइचुङ हस्पिटद्धारा मेडिकल उपकरण सहयोग

काठमाडौँ, २७ मंसिर – बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटललाई ताइवानको टुङ्स टाईचुङ मेट्रो हर्बोर हस्पिटलले मेडिकल उपकरण सहयोग गरेको छ । टुङ्स टाईचुङ अस्पतालका भाईस प्रेसिडेन्ट जीन लुङ टुङको नेतृत्वमा आएको ७ जनाको प्रतिनिधि मण्डलले केडीसीलाई उपकरण सहयोग गरेको हो ।
केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठका अनुसार टुङ्स टाइचुङ हस्पिटलले तीनवटा डेन्टल स्केलर मेसिन र एउटा अत्याधुनिक पोर्टेबल डेन्टल युनिट सहयोग गरेको छ ।
केडीसीले गुणस्तर अभिबृद्धि गर्न अन्तराष्ट्रिय अस्पतालसंग सहकार्य गर्ने योजना अनुरुप गत महिना टुङ्स टाईचुङसंग सहकार्य गर्ने सम्झौता गरेको थियो । सो सम्झौतामा उपकरण तालिम तथा अनुभव आदान प्रदान गर्ने कुरा उल्लेख थियो ।

केडीसीका अध्यक्ष डा श्रेष्ठले अहिले आएको टोलीले डेन्टल तर्फ केही उपकरण सहयोग गरेको र अब जनरल तर्फ डायलासिस मेसिन सहयोग गर्ने तयारी गरेको बताए । उनले तालिमका लागि आउदो फेब्रअरी महिनामा केडीसीबाट चार जना ताइवानस्थित टुङ्स टाईचुङ जाने जाने समेत बताए ।
ताइवानबाट आएको टोलीमा हस्पिटलका मेडिकल डाइरेक्टर डा टुङ, चिफ मेडिकल डाइरेक्टर डा यायी, चीफ नेफ्रोलोजिष्ट डा लिन लगायत छन् । सो टोलीले आजै नुवाकोटको समुन्द्रदेवी गाविस गुर्जे भञ्याङमा सञ्चालन हुन गईरहेको निशुल्क स्वास्थ्य शिबिरको अवलोकन गर्नेछ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
