यतिकेमद्धारा अर्बुद रोग निवारण संस्थालाई नयाँ बस उपहार

काठमाडौँ, २५ मंसिर – औषधि आयात तथा वितरणमा प्रसिद्धि कमाएको यति केम समूहले नेपाल अर्बुद रोग निवारण संस्थालाई सहयोगस्वरुप नयाँ बस हस्तान्तरण गरेको छ । शुक्रबार स्वास्थ्य मन्त्री गगन थापाको उपस्थितिमा समूहका अध्यक्ष प्रभुराज बैद्यले संस्थालाई सो बस हस्तान्तर गरेका हुन् । बसको मुल्य ३२ लाख पर्ने बताइएको छ ।

क्यान्सर रोगको पहिचान तथा रोकथामका लागि देशका विभिन्न क्षेत्रमा पुगेर आयोजना गर्ने स्वास्थ्य शिबिर(हेल्थ क्याम्प)लाई सहयोग हुने उद्धेश्यले संस्थालाई बस उपलव्ध गराएको समूहका अध्यक्ष बैद्यले बताए ।

हिजो बस हस्तान्तरण हुनासाथ सोही बसमा चडेर संस्थाको टोली क्यान्सर स्क्रिनिङका लागि पूर्वी नेपालतर्फ लागेका छन् । समूहका अध्यक्ष बैद्यले क्यान्सर रोग रोकथामका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत बस उपहार दिएको बताए । ‘खासगरी स्वास्थ्य शिबिर चलाउन विभिन्न स्थानमा जानका लागि बस भएपछि सजिलो हुने भयो भनेर नै हामीले उपलव्ध गराएका हौँ,’ बैद्यले भने ।

त्यसो त यतिकेम समुहले यसअघि पनि अर्बुद रोग निवारण संस्थाद्धारा सञ्चालित भक्तपुर अस्पताललाई एक्सरे मेसिन सहयोग स्वरुप उपलव्ध गराइसकेको छ । त्यसबाहेक सोही संस्थामा अध्ययन अनुसन्धानका लागि १० लाखको छात्रबृत्ति कोष समेत स्थापना गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *