बार्षिकोत्सबको अवसरमा केडीसीद्धारा निशुल्क स्वास्थ्य परीक्षण

520
Shares

काठमाडौँ, २४ मंसिर – कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल दशौं बर्ष प्रवेश गरेको अवसरमा बसुन्धरास्थित केडीसी जनरल हस्पिटलले चार दिने बृहत निशुल्क स्वास्थ्य परीक्षण सिविर सञ्चालन गर्दैछ ।

अस्पताल परिसरमा आज देखि सुरु भएको शिबिर पर्सी (२६मंसिर) सम्म चल्ने छ । सोही अवसरमा अस्पतालले २७ मंसिरका दिन नुवाकोटको समुन्द्रदेवी गाविस गुर्जेभन्ञ्याङमा समेत निशुल्क स्वास्थ्य सिविर सञ्चालन गर्ने जनाएको छ ।

अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले सिविरमा सामान्य चिकित्सा, मुटुरोग, हाडजोर्नी तथा नशा, शल्य चिकित्सा, प्रसुति तथा स्त्रीरोग, बाल रोग, दन्त रोग समेतको परीक्षण हुने बताए ।

विहान १० बजे देखि अपरान्ह ४ बजेसम्म चल्ने सिबिरमा परीक्षणका लागि आउनेहरुलाई रगत तथा प्याथोलोजी परीक्षणमा १५ प्रतिशत छुटको व्यवस्था गरेको समेत अस्पतालले जनाएको छ । केडीसीएस सन् २००७ मा स्थापना भएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *