भोजपुर जिल्ला पूर्ण खोपयुक्त घोषणा हुँदै

28
Shares

भोजपुर, २२ मंसिर- जिल्ला खोप समन्वय समितिको बैठकले आगामी पुस २२ गते भोजपुरलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेको छ ।

जिल्ला खोप समन्वय समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी सीता परियारको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरको सभाहलमा बसेको बैठकले जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणाका लागि जिल्ला विकास समिति भोजपुरका कार्यक्रम अधिकृत सुरेन्द्र राईको संयोजकत्वमा सात सदस्यीय उपसमितिसमेत गठन गरेको छ ।

उपसमितिको सदस्यमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष डम्बर श्रेष्ठ, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष बलराम राई, नेपाल पत्रकार महासङ्घबाट रासस भोजपुर संवाददाता सरिता राई, सु–आहाराका जिल्ला संयोजक गोविन्द सेढाईं, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख र नगरपालिकाका कार्यकारी प्रमुख रहेका छन्।

बैठकले स्वास्थ्यमन्त्री गगन थापालाई कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्नेसमेत निर्णय गरेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *