जिल्ला अस्पतालको स्तरोन्नति गर्ने : स्वास्थ्य राज्यमन्त्री गुरुङ

taraman-gunurng

सङ्खुवासभा, २१ मंसिर –  स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले खाँदबारीस्थित जिल्ला अस्पताललाई छिट्टै ५० श्ययाको अस्पतालमा स्तरोन्नति गर्ने बताएका छन्।

सञ्चारकर्मीसँग आज यहाँ कुरा गर्दै उनले भने – “जिल्ला अस्पताल अहिले १५ श्यया क्षमताको छ, अब यसलाई ५० श्ययाको बनाएर सुविधासम्पन्न पार्नेछौँ ।”

राज्यमन्त्री गुरुङले प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर र ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रलाई १५/१५ श्ययाको बनाउने गृहकार्य अन्तिम चरणमा पुगेको पनि बताए ।  रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *