जिल्ला अस्पतालको स्तरोन्नति गर्ने : स्वास्थ्य राज्यमन्त्री गुरुङ

सङ्खुवासभा, २१ मंसिर – स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले खाँदबारीस्थित जिल्ला अस्पताललाई छिट्टै ५० श्ययाको अस्पतालमा स्तरोन्नति गर्ने बताएका छन्।
सञ्चारकर्मीसँग आज यहाँ कुरा गर्दै उनले भने – “जिल्ला अस्पताल अहिले १५ श्यया क्षमताको छ, अब यसलाई ५० श्ययाको बनाएर सुविधासम्पन्न पार्नेछौँ ।”
राज्यमन्त्री गुरुङले प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर र ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रलाई १५/१५ श्ययाको बनाउने गृहकार्य अन्तिम चरणमा पुगेको पनि बताए । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



