कास्कीको मिजुरेडाँडा गाविस पूर्णखोप सुनिश्चित गाविस घोषणा

purna-khop

पोखरा, १८ मंसिर – कास्कीको मिजुरेडाँडा गा.वि.स.लाई पूर्णखोप सुनिश्चित गा.वि.स. घोषणा गरिएको छ । यो संगै जिल्लामा २८ वटा गाविस पूर्णखोप सुनिश्चित गाविस भएका छन् ।

गत बुधबार एक समारोहकाबीच जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख दिनेशकुमार चापगाईले मिजुरेडाँडा गाविसलाई पूर्णखोप सुनिश्चित गाविस घोषणा गरेका हुन् । गा.वि.स. सचिव ऋषिराम सुवेदीको अध्यक्षता र चापागाईको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा जिविस कास्कीका वातावरण अधिकृत निर्मलमणि दाहालको उपस्थिति थियो ।

purna-khop1
सो कार्यक्रममा कार्यक्रममा राजनैतिक दलका तर्फबाट ने.क.पा. एमालेका तेजराज बराल, शिक्षक द्धय विष्णु प्रसाद सुवेदी र कृष्ण प्रसाद अधिकारी, महिला स्वास्थ्य स्वयं सेविका सविता पौडेलले शुभकामना मन्तव्य राखेका थिए । जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत एकनारायण लम्सालले पूर्णखोपको आवश्यकता र महत्वमाथि धारणा राखेका थिए ।

कार्यक्रममा मिजुरे स्वास्थ्य चौकी प्रमुख दिपक ढकालले पूर्णखोपको प्रतिवेदन पेश गरेका थिए ।कार्यक्रममा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई सम्मान तथा पूर्णखोप सुनिश्चित गा.वि.स. बनाउनमा योगदान गर्नुहुने स्वास्थ्यकर्मी र स्थानिय महानुभावहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *