औलो रोगको सङ्क्रमण बढ्यो

0
Shares

aulo

सिन्धुली, १८ मंसिर – सिन्धुलीमा यसवर्ष औलो रोगीको सङ्ख्यामा बृद्धि भएको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा औलोका नौजना बिरामी फेला परेका छन् । यो गत आर्थिक बर्षको सोहि अबधिको तुल्नमा तीन गुणाले बढेको जिल्ला जनस्वास्थ्य कार्यालयय, सिन्धुलीले जनाएको छ ।

औलो रोग नियन्त्रणका लागि जिल्लाको कमलाखोज क्षेत्रमा वार्षिक रु दुई लाखको हाराहारीमा बजेट खर्च हुने गरेका छन् । औलो रोगको सङ्क्रमण बोकेका लामखुट्टे नियन्त्रणका लागि यस क्षेत्रमा बर्सेनी स्प्रे गर्ने गरेको औलो रोग नियन्त्रण शाखाका हरिनन्दन महतोले बताए ।

लामखुट्टे नियन्त्रणका लागि स्प्रे गर्ने गरिएको भए पनि यस क्षेत्रमा औलो रोग सार्ने नयाँ प्रकृतिका लामखुट्टे देखापर्न थालेको पनि उनले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयले गाउँ र घर वरपर स्प्रे गर्ने गरेको भए पनि अनुसन्धानका क्रममा सङ्क्रमितमध्ये अधिकांश जङ्गलमा घाँसपात र दाउरा लिन जाने मानिसमा बढी देखिएको महतोले बताए ।

यसको रोगथामका लागि बेलैमा सरकारले ध्यान दिनुपर्दछ । अन्यथा यसले महामारीको रुप लिन सक्छ, उनले भने — जिल्ला जनस्वास्थ्य कार्यालयको पहलमा मात्र यो रोग नियन्त्रण गर्न सकिदैन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *