आकस्मिक बाहेकका सेवा एक घण्टा बहिस्कार गर्न एनएमएको चिकित्सकहरुलाई आवहान

0
Shares

काठमाडौँ, १५ मंसिर – नेपाल चिकित्सक संघले विहीबार ( भोली ) विहान १० देखी ११ बजेसम्म देशभरका चिकित्सकलाई आकस्मिक बाहेकका सेवा बहिस्कार गर्न निर्देशन दिएको छ । डा गोविन्द केसीको जीवन रक्षार्थ भन्दै अस्पतालको सेवा बहिस्कार गर्न निर्देशन दिएको हो ।

बुधबार विज्ञप्ती जारी गर्दै संघले चिकित्सकहरुलाई एक घण्टा सेवा छाडी अस्पताल प्रांगणमा उभिएर डा केसीको जीवन बचाउ अभियानमा लाग्न आहवान गरेको हो ।

यसअघिका अनसनमा माग पुरा गर्न दवाव स्वरुप भन्दै आन्दोलनको घोषणा गर्ने संघले यसपटक भने डा केसी बचाउ अभियानका लागि भन्दै विज्ञप्ती जारी गरेको छ ।

स्रोतका अनुसार डा केसीले उठाएको त्रिवि उपकुलपति र आइओएमको डीन बखास्त गर्नुपर्ने मागमा संघले समर्थन गरेको छैन् । यसअघि एमालेको समर्थनमा डीन बनेका प्राडा धर्मकान्त बास्कोटा र प्राडा शशी शर्मालाई हटाउन सक्रियताका साथ लागेको संघले यसपटक उपकुलपति र डीन दुबै आफ्ना पार्टीका भएपछि खुलेर नलागेको हो ।

संघको यो घोषणासंगै विहीबार अस्पतालहरुको उपचार सेवा प्रभावित हुने देखिएको छ ।

nma1

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *