पुसबाट थप पाँच जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू हुँदै

1.7k
Shares

health-insurance-copy

काठमाडौँ, १२ मंसिर – सरकारले आगामी पुसबाट थप पाँच जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । अहिलेसम्म कैलाली, बाग्लुङ र इलाममा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको छ ।

स्वास्थ्य बीमा सञ्चालन गर्ने सरकारी निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका अनुसार आगामी ७ पुसमा बैतडी, ९ पुसमा अछाम, ११ पुसमा पाल्पा, १२ पुसमा कास्की र १३ पुसमा म्याग्दी जिल्लामा यो शुभारम्भ गरिदैछ । यद्धपी बिमीतहरुले उपचार सेवा भने फागुनबाट मात्रै पाउनेछन् ।

समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीका अनुसार अहिले पाँच जिल्लामा दर्ता सहयोगी छनौट गर्ने कार्य सकिएको र उनीहरुलाई तालिम दिने कार्य अघि बढेको छ । त्यसैगरी गाविस तथा स्वास्थ्य संस्थामा अभिमुखीकरण कार्यक्रम अगाडी बढाइएको छ ।

‘कर्मचारीहरुलाई तालिम साथै नागरिकहरुलाई स्वास्थ्यबीमा बारेमा सचेत गराउने काम भएको छ,’ डा. लोहनीले भने, ‘हामी तोकिएको मितिमै हरेक जिल्लाबाट नाम दर्ता प्रक्रिया सुरु गर्नेछौँ ।’

नाम दर्ता गर्न समितिले बैतडीमा ७० जना, अछाममा ७५ जना, पाल्पामा ८५ जना कास्कीमा १२० जना र म्याग्दीमा ४३ जना दर्ता सहयोगी छनौट गरेको छ ।

समितिले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा बार्षिक प्रतिपरिबार ९५ जना०ले बार्षिक २ हजार ५ सय प्रिमियम बुझाएपछि प्रतिव्यक्तिले बार्षिक ५० हजारसम्मको उपचार सेवा निशुल्क पाउछ ।

परिबारका सदस्यहरु ५ भन्दा धेरै भए प्रतिव्यक्ति प्रिमियम ४२५ रुपैयाँ थपिने र उपचार रकम पनि १० हजारको दरले बढदै जाने व्यवस्था छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *