साढे छ लाख चेक नागरिक मदिराबाट सिर्जित समस्याको उच्च जोखिममा

0
Shares

चेक रिपब्लिक, १० मंसिर –  चेक गणतन्त्रका १५ वर्षभन्दा बढी उमेरका झण्डै छ लाख ४० हजार नागरिक मद्यपानबाट सिर्जित समस्याको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ ।उनीहरुमध्ये पाँच लाख ४० हजार जनालाई मदिराले व्यापक असर गरिरहेको बुधबार सार्वजनिक भएको अध्ययन प्रतिवेदन जनाइएको छ ।ckeck

यहाँको राष्ट्रिय अनुगमन केन्द्रले गरेको अध्ययन अनुसार उनीहरुमध्ये अधिकांश मदिरा र लागु औषधको लतमा परिसकेका छन् ।गत वर्ष लागुऔषध सेवनकर्ताहरुको सङ्ख्या ४६ हजार नौ रहेको प्रतिवेदनमा उल्लेख छ ।

झण्डै १९ प्रतिशत पुरुष र छ प्रतिशत महिला गरी चेक नागरिकले नियमितरुपमा दैनिक मदिरा पिउने गर्दछन् । यो सम्पूर्ण जनसङ्ख्याको १२.५ प्रतिशत हो । पुरुषहरुले दैनिक कम्तीमा तीन बोतल वियर पिउने गर्दछन् भने महिलाहरुले दुई बोतल पिउने गर्दछन् ।

सात प्रतिशत चेक नागरिकले जोखिमयुक्त मदिरा पिउने र छ प्रतिशतले आफैलाई हानी गर्ने गरी पिउने गरेको प्रतिवेदनमा उल्लेख छ ।मदिराजन्य पदार्थ पिउने मात्र नभई झण्डै २५ प्रतिशत चेक नागरिकले दैनिक धुम्रपान गर्ने गर्दछन् । त्यसमध्ये पुरुष २८ प्रतिशत र महिला १९ प्रतिशत रहेका छन् ।

मदिराजन्य पदार्थ पिउने र धुम्रपान गर्ने चेक नागरिकहरुलाई कम गर्ने उद्देश्यले अध्ययन गरिएको अधिकारीहरुले जनाएका छन् । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *