नेपालमा पनि सुरु भयो दक्ष प्रसुतिकर्मी (मिडवाईफ्री) पढाई, तीन वटाले स्वीकृति दुई वटामा सुरु

midwife1

काठमाडौँ, ३० कात्तिक – नेपालमा पनि गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको हेरचाहमा केन्द्रीत हुने मिडवाइफ्री शिक्षा सुरु भएको छ ।व्याचलर इन मिडवाईफ्री साइन्स(बीएमएस) अध्यापनका लागि तीनवटा संस्थाले स्विीकृति लिएका छन भने दुईवटा संस्थाले अध्यापन प्रक्रिया सुरु गरेका छन् ।

काठमाडौँ विश्वविद्यालय अन्तर्गत स्कुल अफ मेडिसिन धुलिखेल क्याम्पसले ६ जना भर्ना लिएर कक्षा सुरु गरिसकेको छ भने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) बीर अस्पताल नर्सिङ क्याम्पसले १० सिटमा भर्ना खुलेको सूचना निकालेको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कार्यक्रम सञ्चालन गर्ने स्वीकृति लिएर काम अघि बढाएको जनाएको छ ।

मिडवाईफ्री अध्ययनका लागि पीसीएल नर्सिङ उत्तीर्ण गरि एक बर्ष कार्यानुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ । दक्ष प्रसूतिकर्मीको रुपमा चिनिने मिडवाइफ उत्पादन गर्न नेपाल नर्सिङ परिषद्ले तीनवटा स्वास्थ्य संस्थालाई स्वीकृति दिएको अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले बताइन् । उनले लामो प्रयासपछि नेपालमा मिडवाईफ्रि सुरु भएकोमा खुशी व्यक्त गरिन ।

नेपाल मिडवाईफ्री सोसाइटीकी अध्यक्ष प्राध्यापक किरण बज्राचार्यले लामो समय देखिको प्रयास अहिले आएर सफल भएको बताइन् । उनले मिडवाईफ्रीले साधारण सुत्केरी गराउने तर जटिलताको पहिचान गरि चिकित्सकको रिफर गर्ने ज्ञान हुने बताइन् । उनले मिडवाइफ्री जनशक्ति आएपछि सुरक्षीत मातृत्व अन्तरर्गत मातृमृत्युदर तथा शिशुमृत्युदरमा उल्लेख्य कमी हुने दावी गरिन् ।

न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङले १० सिटमा मिडवाईफ्रि सुरु गर्न लागेको बताए । उनले पीसीएल नर्सिङ उत्तीर्ण गरेकाले एक बर्ष कार्यअनुभव लिएपछि मात्रै व्याचलर इन मिडवाईफ्रीमा भर्ना हुन सक्ने बताए ।

‘पश्चिमा मुलुक तथा विकसित देशमा महिला गर्भवती भएदेखि सुत्केरी हुँदासम्मको उपचार तथा स्याहार तथा नवजात शिशुको उपचार तथा स्याहारका लागि मिडवाईफ्री पढेका नर्स खटाइन्छ तर नेपालमा त्यस्तो छैन । हामीले अब सुरु गर्दैछौँ,’ उपकुलपति प्राडा गुरुङले भने ।

सरकारले गतवर्ष नै मिडवाइफ्री शिक्षा सञ्चालन गरी गाँउ गाँउमा मिडवाईफ्री खटाउदै शिशु तथा मातृमृत्युदर घटाउने योजना अघि सारेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

3 thoughts on “नेपालमा पनि सुरु भयो दक्ष प्रसुतिकर्मी (मिडवाईफ्री) पढाई, तीन वटाले स्वीकृति दुई वटामा सुरु

  1. Nepal ma midwifery study start vayeko ekdam ramro xa. Tara midwifery ko field ma barsau dekhi kaam gardai aayeka qualified ANM le pani padhna paunu parxa…..

  2. Yes Bhagwati sis le vannu vako yekdam right ho Nepal ma ahile samma durgam sector ma basera garvawati mahila ko care garne ANM le gareko cha harek delivery ANM le gareko cha staff nurse just hospital ma matra darvandi cha ani jaba midwifery corse ANM lai cha ani staff nurse lai dine teso vaye kina midwifery nam diyeko ta hamilai yedi hamile midwifery yo corse hami le garna napaune vaye tesaile 4 years work expiriance vayeko ANM lai yo corse garna paunai parcha

  3. Veey good step. It will definitely reduce maternal mortality and morbidity rate due to labor. Happy to know this news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *