खोटाङ सेवा समाज बेलायतले सातवटा एम्बुलेन्स दिने

0
Shares

ambulance2

खोटाङ, २१ कात्तिक –  खोटाङ सेवा समाज बेलायतले गृह जिल्ला खोटाङलाई सातवटा एम्बुलेन्स उपलब्ध गराउने भएको छ । सन् २००७ मा बेलायतमा स्थापना गरिएको समाजले दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्यचौकीका लागि सातवटा एम्बुलेन्स उपलब्ध गराउने भएको हो ।

खोटाङ सेवा समाज युके एम्बुलेन्स समन्वय समितिका काठमाडौँ संयोजक जयकुमार राईले शुक्रबार स्थानीय शान्ति समितिको कार्यालयमा आयोजित सर्वदलीय बैठकमा सातवटा एम्बुलेन्स दिने तयारी भइसकेको जानकारी दिए । जिल्लाका बिरामीलाई तत्काल अस्पतालसम्म पु¥याउने र उनीहरुको ज्यान बचाउका लागि एम्बुलेन्सको व्यवस्था मिलाउने तयारी गरिएको समाजले जनाएको छ ।

चिसापानी, डाँडागाउँ र बाक्सिलाका लागि गत वर्ष नै एम्बुलेन्स खरिद गरेको समाजले यसपल्ट थप सिम्पानी, निर्मलीडाँडा, बुइपा र ऐँसेलुखर्कका लागि एम्बुलेन्स खरिद गर्न रकम सङ्कलन भइरहेको संयोजक राईले जानकारी दिनुभयो । निःस्वार्थ र सामाजिक सेवाभावले स्थापना गरिएको समाजले एम्बुलेन्स जुटाउनका लागि युकेमा रत्नकुमार राईको संयोजकत्वमा एम्बुलेन्स समन्वय समिति गठन गरिएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *