एक सय ४८ बालबालिकामा कडा खालको कुपोषण

96
Shares

kuposan

बैतडी, १८ कात्तिक –  बैतडीमा ‘कडा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम’ सञ्चालन भएकोे तीन महिनाभित्र तीन हजार ४१५ बालबालिकामा पोषण स्थितिबारे जाँच गरिएकामा १४८ जनामा कडा खालको कुपोषण देखिएको छ ।

विभिन्न गाविस तथा नगरपालिकाका छ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषणको स्थितिका बारेमा जाँच गरिएको कार्यक्रमका कडा शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम (आइमाम)का जिल्ला संयोजक प्रदीप पराजुलीले जानकारी दिए।

जाँच गरिएका बालबालिकामध्ये १४८ जनामा कडा खालको कुपोषण देखिएको छ भने ३९४ जनामा मध्यम शीघ्र कुपोषण देखिएको छ । कडा खालको कुपोषण देखिएका बालबालिकामध्ये ७९ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

जिल्लाका विभिन्न नौ ठाउँमा सञ्चालन गरिएको कार्यक्रममा कडा कुपोषण भएका बालबालिकाको निःशुल्क उपचार गरिएको कार्यक्रमका तथ्याङ्क अधिकृत सुष्मा राइले जानकारी दिइन् ।

प्रत्येक गाविसमा महिला स्वास्थ्य स्वयम्सेविका, अन्य स्वास्थ्यकर्मी र आइमाम कार्यक्रमका कर्मचारीमार्फत बालबालिकाको पोषणको स्थितिका बारेमा पत्ता लगाउने कार्य जारी रहेको उनले बताइन् ।

मध्यमखालको कुपोषण देखिएका बालबालिकाका अभिभावकलाई बालबालिको पोषणको स्थितिमा सुधार ल्याउनका लागि परामर्श दिने गरिएको संयोजक पराजुलीले जानकारी दिए ।रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *