ओखरका फाइदा

 

okhar
तिहारमा दिदीबहिनीले दाजुभाइलाई विभिन्न किसिमका उपहारका साथमा फलफूल, काजु, पेस्ता, बदाम, अन्जिरका साथै ओखर पनि मसलाका रुपमा दिन्छन् । तिहारमा दाजुभाइलाई प्रेमपूर्वक प्रदान गरिने मसलाहरू स्वास्थ्यका दृष्टिलेपनि फाइदाजक पनि मानिन्छ ।

ओखरमा पर्याप्त मात्रामा ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यसले कोलस्ट्रोललाई सन्तुलित गर्छ । नियमित रूपमा यसको सेवन गरे मुटु रोगबाट छुटकारा पाउन सकिन्छ ।

यसमा एन्टी अक्सिडेन्टको गुण हुन्छ । यसले शरीरका विभिन्न पीडामा पनि राहत प्रदान गर्छ । ओखरले क्यान्सरबाट समेत जोगाउँछ ।

ओखरमा भिटामिन इ हुन्छ जसले त्वचा सम्बन्धी समस्याबाट मुक्ति दिलाउँछ । यसले छालालाई सुन्दर र स्वस्थ राख्नमा मद्दत गर्छ ।। ओखरको प्रयोगले अनावश्यक तौल कम गर्न सकिन्छ ।

यसमा प्रशस्त मात्रामा भिटामिन बी कम्प्लेक्सका साथैओखरमा विभिन्न मिनरल, म्याग्नेसियम, जिंक, क्याल्सियम, आइरन, कपर, भिटामिनजस्ता पौष्टिक तत्व पाइन्छन् ।  जुन गर्भवती महिलाका लागि पनि निकै लाभदायक हुन्छ ।

ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्छ । यसको नियमित सेवन गर्नाले मस्तिष्कलाई स्वस्थ बनाईराख्न मद्दत गर्छ ।

ओखरमा फ्याटको मात्रा कम हुने भएकाले  वृद्धवृद्धाहरूका लागि निकै लाभदायक हुन्छ ।ओखर मधुमेहका बिरामीका लागि पनि यो उत्तिकै लाभदायक छ ।

ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचनक्रियालाई मजबुत बनाउँछ । यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मृर्गौलामा पत्थरी हुनबाट जोगाउँछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *