बाँके र बर्दियामा थप डेङ्गुका बिरामी भेटिए

0
Shares

dangu

काठमाडौँ, १३ कात्तिक- बाँकेमा सात तथा बर्दियामा दुई जना डेङ्गुका नयाँ बिरामी भेटिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गुबाट साउनयता ५९४ बिरामी भेटिएका छन् । महाशाखाका निर्देशक डा भीम आचार्यले बाँकेमा यस रोगबाट तीन जनाको मृत्यु भएको भन्ने खबर पुष्टि नभएको बताए ।

“डेङ्गु प्रभावित जिल्लामा आवश्यक औषधि र चिकित्सक खटाइसकेका छौँ, चाडपर्वका समयमा पनि उपचार हुन्छ,” उनले भने। डेङ्गु देखिएको सबै जिल्लामा चाडपर्व र बिदाका समयमा पनि सेवा दिन परिपत्र गरिएको उनले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *