बाँके र बर्दियामा थप डेङ्गुका बिरामी भेटिए
काठमाडौँ, १३ कात्तिक- बाँकेमा सात तथा बर्दियामा दुई जना डेङ्गुका नयाँ बिरामी भेटिएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गुबाट साउनयता ५९४ बिरामी भेटिएका छन् । महाशाखाका निर्देशक डा भीम आचार्यले बाँकेमा यस रोगबाट तीन जनाको मृत्यु भएको भन्ने खबर पुष्टि नभएको बताए ।
“डेङ्गु प्रभावित जिल्लामा आवश्यक औषधि र चिकित्सक खटाइसकेका छौँ, चाडपर्वका समयमा पनि उपचार हुन्छ,” उनले भने। डेङ्गु देखिएको सबै जिल्लामा चाडपर्व र बिदाका समयमा पनि सेवा दिन परिपत्र गरिएको उनले बताए । रासस
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]