स्वास्थ्य पत्रकारहरुको अधिवेशन सम्पन्न, अध्यक्षमा न्यौपाने

hjfn

काठमाडौँ, ६ कात्तिक-  स्वास्थ्य बीटमा रिपोर्टिङ गर्ने पत्रकारहरुको संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालको पहिलो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । शनिबार राजधानीमा सम्पन्न अधिवेशनले स्वास्थ्य खबर पत्रिकाका प्रधान सम्पादक अनिल न्यौपानेको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्य समिति चुनेको छ ।

अधिवेशनले उपाध्यक्षमा एभिन्युज टेलिभिजनकी पत्रकार कल्पना आचार्य र महासचिवमा द काठमाडौं पोष्टका पत्रकार मनिष गौतम चुनिएका छन् । यसैगरी सचिवमा गोरखापत्र दैनिकका सरोज ढुंगेल र कोषाध्यक्षमा नेपाली हेल्थ डटकमका सम्पादक रामप्रसाद न्यौपाने रहेका छन् ।

सदस्यहरुमा भगवती तिमिल्सिना (समाचारपत्र दैनिक), भिषा काफ्ले(नयाँ पत्रिका दैनिक), दीपा दाहाल (अन्नपूर्ण दैनिक), प्रवीण ढकाल (नागरिक दैनिक), उद्धवराज भेटवाल (हाम्रो डक्टर डटकम) र जुनु भट्टराई (कारोबार दैनिक) छन् ।

यसैगरी पूर्ण सदस्य कृष्ण ज्ञवाली (कान्तिपुर दैनिक), कल्पना पौडेल (रासस), डिबी खड्का (स्वास्थ्य खबरपत्रिका) र वासुदेव न्यौपाने(हाम्रो डक्टर) छन् ।

अधिवेशन नेपाल खबर डटकमका सम्पादक नारायण अमृतको संयोजकत्वमा सम्पन्न भएको थियो । नयाँ कार्यसमितिले ६ महिनाभित्र स्वास्थ्य पत्रकारहरुको राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।

मञ्चले स्वास्थ्य पत्रकारिता संवेदनशील विषय भएकाले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “स्वास्थ्य पत्रकारहरुको अधिवेशन सम्पन्न, अध्यक्षमा न्यौपाने

Leave a Reply to Thalindra Pangeni Cancel reply

Your email address will not be published. Required fields are marked *