डेङ्गुबाट दमकमा चारजना बिरामी

52
Shares

dangue

झापा, ४ कात्तिक –  झापाको दमकमा डेङ्गु रोगको सङ्क्रमणले बढ्दै गएको छ ।

दमकस्थित लाइफलाइन अस्पतालमा आएका बिरामीको रक्तपरीक्षण गर्दा चारजनामा डेङ्गुको सङ्क्रमण भेटिएको हो । सङ्क्रमित सबै बिरामी पुरुष हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर जीवन चौलागाईंका अनुसार यो वर्षको सुरुवातताका नै दमकमा पहिलो पटक डेङ्गु सङ्क्रमण भेटिएको छ । उनले डेङ्गुको सङ्क्रमण हुन नदिन रक्त परीक्षणसहित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताए ।

दमक नगर यसअघिसमेत डेङ्गुको उच्च जोखिम मानिँदै आएको छ । डेङ्गुको सङ्क्रमणबाट दुई वर्षअघि झापाको काँकडभिट्टामा दुईजनाको ज्यान गएको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *