विपन्न उपचार राहत कोषका लागि आठ लाख प्रदान

0
Shares

चितवन, १ कात्तिक –  चितवन समाज जापानले भरतपुर अस्पतालले स्थापना गरेको गरिब विपन्न उपचार राहत कोषका लागि रु आठ लाख रकम आइतबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ ।

समाजका अध्यक्ष सरोज कँडेलले अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनीलाई रु. आठ लाखको चेक हस्तान्तरण गरे । चितवनबाट जापान पुगेका नेपाली मिलेर खोलिएको यो संस्थाले चितवन धमाका नामक साङ्गीतिक कार्यक्रमको आयोजना गरी सङ्कलन गरेको रकम अस्पतालमा आएर सेवा लिने अति गरिब, विपन्न र सीमान्तकृत बिरामीको उपचारका लागि खर्च गर्ने गरी हस्तान्तरण गरिएको समाजका अध्यक्ष कँडेलले जानकारी दिए ।

कार्यक्रममा सुपरिटेन्डेन्ट मरासिनीले अस्पतालले हालै मात्र स्थापना गरेको गरिब तथा विपन्न उपचारका लागि रकम आउने क्रम सुरु भएको भन्दै यसको व्यवस्थित सञ्चालन र पारदर्शीता प्रमुख चुनौती रहेको बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *