चिकित्सा सेवा महाशाखामा डा. भोलाराम श्रेष्ठ, डा. दीपेन्द्ररमणलाई अनुगमनमा पठाइयो

mohp-copy

काठमाडौँ, ३० असोज – स्वास्थ्य मन्त्रालयको चिकित्सा सेवा महाशाखाको जिम्मेबारी डा. भोलाराम श्रेष्ठले पाएका छन् । आइतबार स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङका मेसु श्रेष्ठलाई मन्त्रालय सरुवा गरी सो महाशाखाको जिम्मेबारी दिइएको हो ।

चिकित्सा सेवा महाशाखा सम्हालेका डा. दीपेन्द्ररमण सिंहलाई अनुगमन तथा मूल्यांकन महाशाखामा पठाइएको छ । यस्तै एघारौँ तहकी पव्लीक हेल्थ अफिसर  सुस्मीता भण्डारीलाई चिकितसा सेवा महाशाखा अन्तरगर्तको समन्वय शाखाको जिम्मेबारी दिइएको छ । उनी क्षेत्रीय स्वास्थ्य कार्यालय धनकुटामा थिइन् ।

चिकित्सा सेवा महाशाखामा दरवन्दी रहेर सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति ( स्वास्थ्य बीमा) कार्यक्रमका कार्यकारी निर्देश कबनेका डा. गुणराज लोहनीको दरबन्दी भरतपुर अस्पतालमा पठाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *