स्वास्थ्य मन्त्रालयद्धारा एघारौँ तहमा बढुवा चार जनाको पदस्थापन (को – कहाँ ?)
काठमाडौँ, ७ असोज – स्वास्थ्य मन्त्रालयले एघारौँ तहमा बढुवा भएका चार जना प्रमुख जनस्वास्थ्य प्रशासकको पदस्थापन गरेको छ । लोकसेवा आयोगले बढुवा भएको नतिजा निकालेको एक महिना पछि मन्त्रालयले उनीहरुको पदस्थापन गरेको हो ।
मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक दिनेश चापागाईँलाई जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको प्रमुख बनाएर पठाएको छ । त्यस्तै चुडामणी भण्डारीलाई जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीको प्रमुख बनाएको छ । रिता भण्डारी जोशीलाई भने जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको जिम्मेबारी पाएकी छन् ।
उता खुल्ला तर्फबाट छनौट भएका एक मात्र उम्मेदवार खिमबहादुर खड्का जिल्ला स्वास्थ्य कार्यालय बाँकेको जिम्मेबारी दिइएको छ । मन्त्रालयका उपसचिव बाबुराम खनालले बढुवा हुनासाथ अवकाश लिएका जयबहादुर कार्कीको ठाँउमा अहिले बैकल्पिक उम्मेदवार रमेश अधिकारीलाई जिम्मेबारी दिन लागिएको बताए ।