स्वास्थ्य मन्त्रालयद्धारा एघारौँ तहमा बढुवा चार जनाको पदस्थापन (को – कहाँ ?)

9.1k
Shares

mohp-copy

काठमाडौँ, ७ असोज – स्वास्थ्य मन्त्रालयले एघारौँ तहमा बढुवा भएका चार जना प्रमुख जनस्वास्थ्य प्रशासकको पदस्थापन गरेको छ । लोकसेवा आयोगले बढुवा भएको नतिजा निकालेको एक महिना पछि मन्त्रालयले उनीहरुको पदस्थापन गरेको हो ।

मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक दिनेश चापागाईँलाई जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको प्रमुख बनाएर पठाएको छ । त्यस्तै चुडामणी भण्डारीलाई जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीको प्रमुख बनाएको छ । रिता भण्डारी जोशीलाई भने जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको जिम्मेबारी पाएकी छन् ।

उता खुल्ला तर्फबाट छनौट भएका एक मात्र उम्मेदवार खिमबहादुर खड्का जिल्ला स्वास्थ्य कार्यालय बाँकेको जिम्मेबारी दिइएको छ । मन्त्रालयका उपसचिव बाबुराम खनालले बढुवा हुनासाथ अवकाश लिएका जयबहादुर कार्कीको ठाँउमा अहिले बैकल्पिक उम्मेदवार रमेश अधिकारीलाई जिम्मेबारी दिन लागिएको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।