अमेरिकाको प्रसिद्ध अवार्डद्धारा नेपाली डाक्टर सम्मानित

sweeney

काठमाडौँ,  ५ असोज – विपन्न बर्गलाई स्वास्थ्य सेवाको पहुँच पुरयाउने कार्यगरेबापत एक नेपाली चिकित्सक अमेरिकी अवार्ड प्राप्त गर्न सफल भएका छन् । नेपाली मुलका अमेरिकी क्यान्सर चिकित्सक डा बिनय शाह इलिनोइस विश्वविद्यालयबाट प्रदान हुने स्वेनी स्पिरिटट अफ मेडिसिन पुरस्कारबाट सम्मानित भएका हुन् । उनलाई गत शनिबार इलिनोइस गालामा गरिएको विशेष समारोहमा सम्मान गरिएको हो ।

इलिनोइस विश्वविद्यालय अन्तगर्तको कलेज अफ मेडिसिन अमेरिकाकै सबैभन्दा ठूलो मेडिसिन कलेज हो । स्पिरिट अफ मेडिसिन पुरस्कार इलिनोइस विश्वविद्यालय कलेज अफ मेडिसिनसंगको सहकार्यमा सामुदायिक सेवाका निम्ति काम गर्ने समुदाय, साझेदार , व्यक्ति संस्थालाई हरेक बर्ष प्रदान गरिदै आएको छ । त्यस्तै चिकित्सा शिक्षा सुधारमा अग्रसरता लिएका व्यक्ति तथा संस्थालाई प्रदान गर्ने गरिन्छ ।

नेपालमा पहिलो बोनम्यारो प्रत्यारोपण केन्द्र( बीएमटी) स्थानपनामा डा शाहले अहं भूमिका निभाएको भन्दै सम्मानित गरिएको हो । केही समयअघि मात्रै काठमाडौँस्थित निजामती कर्मचारी अस्पतालमा डा शाहकै संस्था विनयतारा फाउन्डेसनको सहयोगमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापना गरिएको थियो । डा शाहको संस्था बिटिएफले नेपालको बीएमटी टीमलाई अमेरिकाको सिकागोस्थित इलिनोइस विश्वविद्यालयमा तालिम प्रदान गर्न आर्थिक सहयोग समेत गरेको थियो ।

सो तालिम दुई चिकित्सक र एक नर्सलाई दिइएको थियो । हाल कोलम्बो विश्वविद्दालय श्रीलंकामा अध्ययनरत एक चिकित्सकलाई क्लिनिकल जेनेटिक्समा तालिमका निम्ति बिटिएफ आर्थिक सहयोग गरिरहेको छ ।

यी चिकित्सक सन् २०१७ मा सिभिल सर्भिस अस्पतालको बिएमटि टिममा आवद्य हुने आशा छ । क्यान्सर केयर नेपालसँगको सहकार्यमा विनयतारा फाउण्डेशनले ललितपूर जिल्लामा होम हस्पिस कार्यक्रम पनि स्थापना गरेको छ ।

विटिएफले हस्पिस केयर टीमलाई तालिम दिलाउनुका साथै चिकित्सकिय तथा बिमारीको हेरचाह गर्ने कर्मचारीको तलब, उपकरण, मोटरसाइकल यातायात, एवम् इलेक्ट्रोनिक चिकित्सा रेकर्डको खर्च व्यहोरी बिमारीको घरैमा निशुल्क सेवा प्रदान गराएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *