आर्थिक हैसियत भएका पूर्वबिशिष्ट पदाधिकारीलाई उपचार खर्च नबाड्न अर्थ समितिको निर्देशन
काठमाडौँ, २९ भदौ – पूर्वविशिष्ट पदाधिकारीहरुलाई जथाभावी स्वास्थ्य उपचार खर्च नबाँड्न व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ ।
समितिको सिंहदरबारमा बुधबार बसेको बैठकले विशिष्ट व्यक्तिहरु जसको आर्थिक हैसियत छ उनीहरुलाई सरकारी खर्च नदिने र आर्थिक हैसियत कममजोर भएकालाई मात्र उपचार खर्च दिन निर्देशन दिएको हो ।
साथै सबै नेपालीको स्वास्थ्य विमा हुने गरी फास्ट ट्रयाक विधिबाट निर्देशिका बनाउन पनि समितिले निर्देशन दिएको छ । सबै नेपालीको स्वास्थ्य विमा हुने गरी फास्ट ट्रयाक विधिबाट निर्देशिका बनाउन पनि समितिले निर्देशन दिएको छ ।
यसैगरी समिति सदस्यहरुले सबै सांसदहरुलाई सरकारी अस्पतालमै उपचार गर्न आग्रह गरेका छन् ।
बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महरा, स्वास्थ्यमन्त्री गगन थापा र विभिन्न मन्त्रालयका सचिवहरुको उपस्थिति थियो ।
सम्पर्क इमेल : [email protected]