आइडियल मोडल स्कुलमा ३५० जना विद्यार्थीको दन्त परीक्षण

kantipur2

काठमाडौँ ६ भदौ – बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ हस्पिटलको टोलीले आइतबार  मण्डीखाटारस्थित आइडियल मोडल स्कुलका विद्यार्थीहरुको निशुल्क दन्त परीक्षण गरेको छ ।

कुल ३७५ जना विद्यार्थीको परीक्षण गर्दा झण्डै ७८ प्रतिशत  विद्यार्थीको दाँत किराले खाने समस्या भएको पाइएको थियो ।कतिपय विद्यार्थीको  गिजा सुन्निने समस्यासमेत देखिएको थियो ।

समस्या भएको अधिकांशले दिनमा एक पटक मात्र ब्रस गर्ने गरेको बताएका थिए । चिकित्सकहरुले दाँत स्वास्थ्य राख्नका लागि दैनिक दुईपटक ब्रस गर्न सुझाव दिएका थिए । सो अवसरमा विद्यार्थीहरुलाई दाँत स्वास्थ्य  राख्ने उपायमा बारेमा समेत प्रशिक्षण गराइएको थियो ।

kantipur3

kantipur1

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *