प्रभावितको उपचारमा खटिन महासङ्घको निर्देशन

0
Shares

काठमाडौँ, १५ साउन –  अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घले सम्पूर्ण जनस्वास्थ्यकर्मीलाई बाढी, पहिरो र डुबान क्षेत्रका पीडितको उपचारमा खटिन निर्देशन दिएको छ ।

जनस्वास्थ्यकर्मी महासङ्घका अध्यक्ष डम्बर रावलले आज एक विज्ञप्ति जारी गरेर देशभर अविरल वर्षापछि गएको बाढी, पहिरो र तराई क्षेत्रमा भएको डुबानका कारण दर्जनौं नागरिक तथा पशुपंक्षीको ज्यान गएको र खोजी तथा उद्धारमा भइरहेको ढिलाइले महामारी फैलिन सक्ने भन्दैै फैलिन नदिन उद्धार र पीडितको उपचारमा लाग्न देशभरका जनस्वास्थ्यकर्मीलाई निर्देशन दिएका हुन् ।

महासङ्घले बाढी–पहिरो र डुबानमा परी विस्थापितको तत्काल पुनर्वास गराउन, घाइतेको निःशुल्क उपचार गर्न र पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

“बाढी–पहिरो र डुबानले मानिस, पशुपंछी र खाद्यवस्तु बगाएको छ । यसको खोजी कार्य र व्यवस्थापन हुन नसक्दा त्यसबाट पैदा हुने असरले मानव स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने खतरा प्रवल बन्दै गएको छ । पीडितलाई सुरक्षित स्थानमा पुनःस्थापना हुन सकेको छैन”–विज्ञप्तिमा भनिएको छ ।  – रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *